काठमाडौं,
असार ३० ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालभर मनसुनी वायु को प्रभावका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केही दक्षिण तिर सरेको जनाएको छ । महाशाखाले अहिले देशभर आँशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ ।
आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख गरिएको छ ।






