हाँस्य टेलिशृङ्खला ‘गाह्रो छ हो मलाई’ (भिडियोसहित)

काठमाडौं,
असार २५ ।

मेरी बास्सैका चर्चित कलाकार बेगम नेपाली (भटभटे माइला) ले नयाँ हाँस्य टेलिशृङ्खला ‘गाह्रो छ हो मलाई’ निर्माण गरेका छन् । भटभटे माइलाको नामले परिचित कलाकार बेगमले आफ्नै युट्युब च्यानल ‘भटभटे-बिर्खे’ च्यानल मार्फत हाँस्य टेलिशृखला प्रसारण सुरु गरेका हुन् ।

समसामयिक विषयवस्तुमा आधारित हाँस्य टेलिशृखलाको निर्माण तथा निर्देशन भने नहकुल भट्टराईले गरेका छन् । ‘गाह्रो छ हो मलाई’ टेलिशृङ्खला दुई भाग प्रशारणमा आइ सकेको छ । दीलिप बिष्ट छायाँकन गरेको शृङ्खलालाई रबिन्द्र खड्का (शिल्भर साइन)ले सम्पादन गरेका छन् । उक्त शृङ्खला प्रत्येक बुधबार युट्युब मार्फत सार्वजनिक हुने गरेको छ ।

यस हाँस्य शृङ्खलामा राजकुमार देवकोटा, बेगम नेपाली, रियाशा दाहाल, मेलिना ठकुरी, बेगम पुन मगर, निरकुमार तामाङ, प्रशान्त भट्टराई, पुष्पराज दाहाल, कञ्चन दाईको अभिनय देख्न सकिन्छ।

यसमा तपाइको मत

अन्य समाचार