गीत : भाग्य आफैँ लेख्नू कर्मको कलमले

  • डम्बर बिकेल

मान्छेले भाग्य आफैँ लेख्नू कर्मको कलमले
दुखेको घाउ निको पार्नू मायाको मलमले

काम गरे माम पाइन्छ, बुझ्नुपर्छ सबैले
सेवा गरे मेवा पाइन्छ, जान्नुपर्छ सबैले
मान्छेले बाटो आफैँ कोर्नू कर्मको कलमले
दुखेको घाउ निको पार्नू मायाको मलमले

कर्मको फल मीठो हुन्छ, बुझ्नुपर्छ सबैले
काम नगर्ने भोकै मर्छ, जान्नुपर्छ सबैले
मान्छेले यात्रा आफैँ रच्नू कर्मको कलमले
दुखेको घाउ निको पार्नू मायाको मलमले

db.bikel@gmail.com

यसमा तपाइको मत

अन्य समाचार