काठमाडौं,
असार १६ ।
भारतले टिकटकसहित ५९ चिनियाँ एप्स प्रतिबन्ध लगाएको छ । भारत सरकारले आफ्नो देशको सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टिक्टकसहित सेयरइट, हेल्लो, युसि ब्राउजर, लाइकी, विच्याटलगायतका ५९ चिनियाँ एप्स प्रतिबन्ध भएका छन् । भारत सरकारले भारतीय सम्प्रभूता तथा अखण्डतामा समस्या पर्न सक्ने भन्दै प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइटी एक्टको धारा ६९ अनुसार ५९ चिनियाँ एप्समा प्रतिबन्ध लागेको इण्डिया टुडेले जनाएको छ ।






