काठमाडौं,
असार १६ ।
खुमन अधिकारी र शान्तिश्री परियारको स्वरमा यस वर्षको तीज गीत ‘कहिलेकाहीँ त भेटम न सानु’ सार्वजनिक भएको छ । गायक अधिकारीकै सङ्गीत रहेको उक्त गीतको शब्द भने बैकुण्ठ महतले लेखेका हुन् ।
यो गीतमा अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण भेट हुन नपाएकमाहरुलाई लक्षित गरेर ल्याइएको छ । सार्वजनिक गीतको भिडियोमा अधिकारी आफैँ र अञ्जली अधिकारी रहेकी छन् । गीतको भिडियोलाई स्मृती तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् ।






