– सुमन्त दास
समार दलनी, विश्वनाथ, असम
म पैसा हुँ
‘म’ को हुँ ?
मेरो पछि करोड़ौ मानिस दगुर्छन् ।
म सर्वव्यापी छु
मान्छेलाई रुवाउछु, हसाउँछु
म मानिसको निद्रा, तिर्खा, भोक हरण गर्छु
जन्मदा पनि मलाइ चाहिन्छ
जान्नेलाई यही नजान्नेलाई कतै न कतै
राजा–भिकारीलाई पनि मेरो खाँचो !
म नहुँदा सबेैको हुन्छ नाश ।
मेरो लागि मान्छेले मान्छे चिन्दैन
श्वास भए नभए पनि जस पाउँदैन ।
‘म’ को हुँ ?
मान्छेलाई थाङ्ने, माग्ने बनाउछु
मेरो निम्ति असत्य, हिंसा गर्न कर लाग्छ !
म लज्जित पार्छु, सम्मान दिलाउँछु
म मानिसलाई उभो चडाउछु, भिरमा ठेल्छु ।
‘म’ को हुँ ?
चिन्नेले अघिन्नै चिने
नचिन्नेलाई भन्दै छु ।
म आखिरमा पैसा त हूँ
होइन र मानिस हो ?
म पैसा हुँ
साच्चेंइ…
म पैसा हुँ ।






