काठमाडौंं,
असार ८ ।
अहिले विश्व नै कोरोनाका कारण पिडामा छ । कोरोना भाइरस (कोभिड-१९)ले त्रास फैलाएको छ जताततै । त्यही पिडामा हाम्रो देश र हामी छौ । यसको नियन्त्रण र रोकथामका लागि भन्दै नेपाल सरकारले विगत तीन महिनादेखि गरेको ‘लकडाउन’का कारण विभिन्न समस्या निम्ताएको छ । ‘लकडाउन’का कारण समस्या परेको व्यक्तिहरुलाई केही मनकारी व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन् ।

यस्तै कोरोना करहले दैनिक खान नपाएका पिडितलाई बुढानिलकण्ठ नगरपालीका-३का शिव श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयास र विभिन्न व्यत्तिको सहयोगमा दैनिक सडकमा ६ सय व्यक्तिलाई निःशुल्क खाना खुवाइरहेका छन् । पछिल्लो समय लकडाउन केही खुकुलो भएपछि खाना खान आउनेको सङ्ख्या तीनदेखि चारसय रहेको छ । वैशाख २५ गतेदेखि आफूहरुले नियमित सयौं व्यक्तिलाई खाना खुवाइरहेको शिवले बताए ।
यसकार्यका लागि उनलाई रामलाल श्रेष्ठ, भीमसेन टी लामालगायतले सहयोग गरिरहेका छन् । पबित्र सेवाभाबले शुरु गरिएको खाना खुवाउने यस अभियान शुरुमा आफैँले व्यक्तिगत खर्चमा शुरु गरेता पनि पछिल्लो समय अन्य सङ्घ संस्थाहरुको सहकार्य भएको शिवले जनाए । यस खाना खुवाउने कार्यलाई निरन्तरता दिने पनि उनले बताए ।

कारोनाको कहर पछिका दिनमा पनि यस कार्यलाई निरन्तरता दिने शिवको भनाई छ । बुढानिलकण्ठ मन्दिर परिसरमा यदि स्थान उपलब्ध भएमा भण्डाराको रुपमा आउँदा दिनमा पनि यसले निरन्तरता पाउनले उनले बताए ।
यस कार्यका लागि दैनिक अर्जुन गिरी, सगुन श्रेष्ठ, टोनी उदास, कुमार लामा, राजु लामा, सुमन सुनुवार, गणेश ठकुरी, सन्तोष तामाङ, विनोदकुमार दास, अर्जुन लुइटेल, सुमन तमाङलागयतले सहयोग पुर्याएको शिवले जानकारी गराए । यस पुनित कार्यका लागि सबैको साथ सहयोगको अपेक्षा गरेको शिवले बताए ।






