‘मैले बोलेको छैन ढाँटेर…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
असार ७ ।

लोक पप गीत ‘मैले बोलेको छैन ढाँटेर…’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत तथा शब्द, कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त स्वरमा रहेको लोक पप गीत ‘मैले बोलेको छैन ढाँटेर…’को भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोलाई विश्व सङ्गीत दिवसका अवसर पारेर आईतबार सार्वजनिक गरीएको छ । नेपसिनेमाको प्रस्तुतिमा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरीएको हो ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । पत्रकारीताबाट यो क्षेत्रमा उदाएका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशन सम्बन्धी अध्ययन गरेका थिए ।

उनले यस अघि पनि धेरै म्युजिक भिडियो निर्देशन गरीसकेका छन् । यस अघिका भिडियोहरु भन्दा यो भिडियो र यसको कन्सेप्ट फरक रहेको निर्देशक कार्कीले बताए । गीत र भिडियो निकै आर्कषक बनेको कारण पनि दर्शकहरुले रुचाउने निर्देशक कार्कीको भनाई रहेको छ ।

लकडाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकाश दाहालको रहेको छ । गायक गायिकाहरु आफैँले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीतको भिडियो चल्ने अनुमान गरिएको छ ।

भिडियोेलाई फिल्मी शैलीको बनाईएको छ । दुई दाजुभाईले दुई दिदिबहिनीको प्रेमकथा बुनेको भिडियोले केही सकरात्मक सन्देशसमेत प्रवाह गरेको छ । गीतलाई सङ्गीतकार पोखरेलले निकै मिहेनत गरेको देखिन्छ ।

यो गीत र भिडियोले नयाँ रेकर्ड कायम गर्नेमा आफू विश्वस्त रहेको सङ्गीतकार पोखरेलले बताएकाछन्, भने भिडियोलाई नयाँ आयम दिन खोजीएको निर्देशक कार्कीले बताए ।

यसमा तपाइको मत

अन्य समाचार