१ हजार ७ सय ७२ जनाले जिते कोरोना

काठमाडौं,
असार ७ ।

गत २४ घण्टामा १ सय ९४ जना कोरोनाभाइरस (कोभिड-१९) सङ्क्रमण मुक्त भएका छन् । जसमा ८ महिला १ सय ८६ पुरुष रहेका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले योसहित कोरोना निको हुनेको सङ्ख्या १ हजार ७ सय ७२ जना रहेको बताए । जसमा १ सय ४९ महिला र १ हजार ६ सय २३ पुरुष रहेका छन् ।

थप ४ सय २१ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेटिएका सङ्क्रमितमा ३ सय ५७ जना पुरुष र ६४ जना महिला रहेका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या ९ हजार २६ पुगेको छ । जसमा ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।
हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार