कोरोना जित्नेको सङ्ख्या ९ सय ७४

काठमाडौं,
जेठ ३२ ।

आइतबार थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए ।

योसहित निको हुनेको सङ्ख्या ९ सय ७४ पुगेको छ । जसमध्ये ८ सय ७७ पुरुष र ९७ महिला रहेका छन् । नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ ।

यस्तै आइतबार थप ४ सय २५ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमकाअनुसार आइतबार ४ सय २५ जनाको रिपोर्ट पोजिटिभ आएसँगै सङ्क्रमितको सङ्ख्या ५७ सय ६० पुगेको हो । नयाँ सङ्क्रमितमध्ये ३ सय ७५ पुरुष र महिला ५० महिला रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार