जनचेतनामूलक गीत ‘कोरोनाको महामारी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ ३१ ।

जनचेतनामूलक गीत ‘कोरोनाको महामारी’ सार्वजनिक भएको छ । रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, प्रविशा अधिकारी र रोशन अधिकारीको स्वर शिखर सन्तोषको सङ्गीत, गोपाल रसाइलीको सङ्गीत संयोजन र डा.दुबसु क्षेत्रीको शब्द रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा दीपाश्री निरौला, सरिता लामिछानेसहितका कलाकारहरु फिचर्ड छन् । विरेन तितुङद्वारा छायाँकन गरिएको उक्त भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् भने थ्रि क्याप्स टिमले यसलाई निर्देशन गरेको हो ।

पूनम आर सुवदीले यो गीतलाई प्रस्तुत गरेकी हुन् । गीतको भिडियोलाई सङ्गीतकार शिखर सन्तोषले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार