विराटनगर,
जेठ २३
प्रदेश नं. १ बाट ७८ जनाले कोरोना भाइरस (कोभिड-१९) लाई पराजित गरेर घर फर्किएका छन् । बिहीबार थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।
कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई कोभिड-१९ पुष्टि भएको छ ।
योसँगै प्रदेश १ मा जम्मा कोभिड–१९ पुष्टि भएको सङ्ख्या २ सय १ पुगेको छ । यतिबेला १ सय २३ जना कोभिड १९ पुष्टि भएकाहरु उपचाररत छन् । प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आरडीटिबाट १२ हजार ९ सय ५० जनाकोे परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।






