काठमाडौं,
जेठ २० ।
मंगलबारसम्म नेपालका कोरोना जित्नेको सङ्ख्या २ सय ६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको सङ्ख्या २ सय ६६ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित मिडिया ब्रिफिङमा थप ४५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका बताएका हुन् ।
मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमध्ये २ सय १२ पुरुष र ५४ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २ सय ८८ जनाका कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार ९९ पुगेको छ । हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।






