काठमाडौं,
जेठ २० ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै आज बिहान काठमाडौं उपत्यकालगायत देशको विभिन्न स्थानको मौसम सफा रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरैजसो स्थानको मौसम सफा रहने जनाइएको छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावले दिउँसोपछि देशको पहाडी क्षेत्रमा केही बदली भई पानी पर्ने समभावना रहेको छ । महाशाखाका अनुसार आज पहाडी क्षेत्रको केही स्थानमा मात्र मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानको मौसम सफा रहनेछ ।






