काठमाडौं,
जेठ १८ ।
संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् ।
मन्त्री तुम्वाहाङ्फेले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको निशान छाप पनि सोहीअनुसार मिलाउनका लागि संविधान संशोधन गर्नुपरेको बताएकी थिइन् । उनले अनुसूचीअनुसार नेपालको वास्तविक नक्सासँग मिलाउन संविधान संशोधन आवश्यक रहेको बताएकी थिइन् ।
सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा जारी गरेपछि सोही अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि संविधान संशोधन विध्ययेक ल्याइएको हो । यसअघि बुधबार संसदको कार्यसूचीबाट संविधन संशोधन प्रस्ताव राखेर पनि हटाइएको थियो ।






