काठमाडौं,
जेठ १२ ।
मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इद उल फित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । रमजान महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी यो पर्व मनाउँदै छन् ।
कोरोना भाइरसको संक्रमणका कारण मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल–फित्र मनाउँदैछन् ।






