काठमाडौं,
जेठ १० ।
थप ३६ जना कोरोना भाइरस (कोभिड-१९)का सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ । यसअघि आज (शनिबार) बिहान ३२ जना कोरोना सङ्क्रमित थपिएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएसँगै आज (शनिबार) ६८ जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।
यस्तै कोरोना सङ्क्रमणको निको हुनेको सङ्ख्या ७० पुगेको छ । कोरोना सङ्क्रमण देखिने जिल्ला ४० पुगेको छ ।






