‘आँखा राम्रो मृग जस्तो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ ५ ।

प्रवासमा रहेर पनि पछिल्लो समय गीति लेखनमा आफ्नो पृथक पहिचान बनाउँन सफल गीतकार समुन्द्र के.सी.को प्रस्तुति ‘आँखा राम्रो मृग जस्तो हरिण झै त्यो चाल…’ बोलको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

कैलाश क्रान्तिको सङ्गीत, कृष्णभक्त राईको एरेन्जर रहेको गीतमा निर्मल सुब्बालगायतकोे स्वर समेटिएको छ । गायक निर्मल सुब्बाले तीन दर्जन बढी गीतमा स्वर भरिसकेका छन् भने केही लिम्बु भाषाका गीत पनि गायका छन् ।

सुब्बा भन्छन् ‘गीत, सङ्गीत पेशा नभएर आफ्नो रहर र आत्म सन्तुष्टिको लागि गाउने गरेको हुँ ।’ गायक सुब्बाले यस गीतको म्युजिक भिडियो केही समय पछि निर्माण गर्नेे जानकारी गराएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार