काठमाडौं,
जेठ २ ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या २ सय ६७ पुगेको छ । थप ९ जना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या बढेर २ सय ६७ पुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा नौजना कोरोना सङ्क्रमित थपिएका हुन् ।
काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ । दाङमा पहिलो पटक सङ्क्रमित भेटिएका हुन् ।







