नेपाली सेनालाई चिनियाँ जनमुक्ती सेनाको स्वास्थ्य सामाग्री

काठमाडौं,
वैशाख ३१ ।

चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहायतास्वरुप ४४सय ५० केजी स्वास्थ्य सामग्री पठाएको छ । सो सामग्री बोकेर चिनियाँ सेनाको एयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्टिय विमानास्थलमा केहीबेर अगाडि आइपुगेको छ ।

चाइना एयरफोर्स सीएएफ ०४३ कल साइनको सो जहास आज चीनको छेङ्दु शहरबाट काठमाडौं आएको हो । चिनियाँ सेनाको जहाज आउने भएपछि काठमाडौं स्थित चिनियाँ दूतावासमा कार्यरत सैनिक सहचारी चिनियाँ सेनाका लेफ्टिनेन्ट कर्णेल सोंग जुन सामानबारे बुझ्न र नेपाली सेनालाई हस्तान्तरण गर्न विमानास्थल पुगेका थिए । कर्णेल जुनले ती सामानहरु नेपाली सेनाका सहयाक रथी जर्नेल सन्तोष बल्लभ पौडेललाई हस्तान्तरण गरेका छन् ।

समाचारअनुसार यी सामाग्रीहरु चिनियाँ सेनाले नेपाली सेनाका लागि पठाएका सहायता सामाग्री हुन् । नेपाली सेनाले खरिद गर्ने भनिएका सामानहरु भने अझै आइपुगेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार