काठमाडौं,
वैशाख २७ ।
उदयपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको हो ।
सङ्क्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् । उनीसहित प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने योसँगै नेपालभर सङ्क्रमितको सङ्ख्या १ सय १० पुगेको छ ।






