काठमाडौं,
वैशाख २५ ।
‘लकडाउन’ खुल्नासाथ चलचित्र ‘नदेखिएको जात’को छायांकन हुने भएको छ । निर्देशक बेदप्रसाद भुर्तेलले जातिय बिभेदको गहन बिषयमा अन्तरजातिय विबाहले समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बिषयवस्तुमा ‘नदेखिएको जात’ निर्माण गर्न लागेका हुन् ।
यतिबेला कोराना भाईसका कारण विश्व आक्रन्त बनेको र ‘लकडाउन’ खुल्ना साथ ‘नदेखिएको जात’को छायांकन आरम्भ हुने कुरा निर्देशक भुर्तेलले जानकारी गराए । उनले चलचित्रमा कार्यकारी निर्माता र कलाकारको रुपमा लिलाबहादुर बम्जन, चन्द्र स्याङतान, विशाल थिङ लगायत रहने र राजेश गिरी, श्यामकुमार बन, माधब गिरीको ब्यवस्थापन रहने बताए ।
बिगतमा ‘कुर्बान’, ‘ईन्काउन्टर’, ‘सञ्जोग’, ‘फेरी भेटौला’, ‘अफिसर’, ‘बुलेट’लगायतका चलचित्र निर्देशन गरिसकेका निर्देशक बेदप्रसाद भुर्तेल भन्छन्ः ‘ब्यवसायिक हिसाबले मात्र चलचित्र बनाउँने नभई चलचित्रकर्मीले समाजमा घटित बिबिध घट्नाहरुलाई चलचित्रको माध्येमबाट आम रुपमा सकारात्मक सन्देश प्रबाह गर्न सक्नुपर्छ, अनिमात्र उसको कार्य सार्थक बन्न सक्छ । यसो भनिरहँदा आर्थिकपक्ष बलियो बनाउँन त ब्यवसायिक चलचित्र पनि बनाउँनुपर्ने हुन्छ । समाजभित्र लुकेर रहेका साना, ठूला घट्नालाई अध्यायन गरी नाफामूलक चलचित्र पनि बनाउँन सकिन्छ । तर, जुनसुकै बिषय उठान गरिएको भए पनि सन्देशमुलक चाँही हुनै पर्छ ।’






