काठमाडौं,
वैशाख २४ ।
सात प्रदेशमा छरिएर रहेका गायन पारखीहरुको खोजीका लागि देशभर प्रदेश सिङ्गीङ आइडल अनलाईनबाटै हुने भएको छ । गाँउ गाँउमा रहेका नवप्रतिभालाई गायन क्षेत्रमा समेट्ने उदेश्यले पहिलो पटक प्रोभिन्स सिङ्गीङ आइडलको आयोजना गरिएको यो प्रतियोगिता ‘लकडाउन’ बढ्दै जानु र सामाजिक दुरी बढाउनुपर्ने कारणले गर्दा अनलाईन बाटै गर्न लागिएको आयोजकले बताइएको छ ।
साङ्गीतिक क्षेत्रमा नव प्रतिभालाई अगाडि ल्याउने उद्देश्यले स्टुडियो यमन इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सिङ्गीङ आइडलको अडिसन अनलाइनबाटै गर्ने तयारी गरिएको हो । गाँउ गाँउका प्रतिभालाई अगाडि बढाउने लक्ष्य सहित कार्यक्रम राखिएको भएपनि कोरोना संक्रमणले प्रभाव पारेपछि अव अनलाईन कै माध्यमबाट गर्न लागिएको हो ।
आयोजकका अनुसार प्रतियोगितामा १५ बर्ष देखि ३५ बर्षसम्म उमेरका नव गायक गायिकालाई समावेश गरिने छ । प्रतिभावन कलाकारलाई सुनौलो अवसर हुने भएकोले आफुलाइ मन पर्ने गीत गाएर असार ५ गतेसम्म tara261980@gmail.com मा अथवा ९८६१७७९३४० यो नम्बरको whatsaap मार्फत पठाइसक्नु पर्ने कार्यक्रम निर्देशक तारवीर पाण्डे बताए ।
सिङ्गीग आइडलमा उत्कृष्ट १० मा पुगेपछिमात्र भोटिङ खुल्ला गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट हुने आइडललाई नगद १ लाखसहित ४ गीत रेकर्डिङ, द्वीतिय हुनेलाई ७५ हजारसहित ४ गीत रेकर्डिङ र तृतीय हुनेलाई ५० हजारसहित ४ गीत रेकर्डिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सहभागीहरुले पालना गर्नुपर्ने नियम र छनौट प्रक्रिया यस्तो रहेको छः-
१) आफ्नो अनुहार चिनिने गरिको भिडियोमा खिचेर पठाउनु पर्नेछ ।
२) आफ्नो परिचय खुल्नेगरीको ठेगाना (प्रदेश नम्बर, गाउँपालिका वा नगरपालिका नम्बर, टोलको नाम र सम्पर्क नम्बर लेखी पठाउनु पर्नेछ ।
३) गीत एकल हुनुपर्ने छ, गीतको बोल र गीतका स्रष्टाको नाम उल्लेख गर्नु पर्नेछ ।
४) गीत गाउदा कुनै पनि बाध्यबाजाको प्रयोग गर्न पाइनेछैन ।
५) गीत गाइसकेपछी आवाजमा कुनै पनि ‘इफेक्ट’ प्रयोग गर्न पाइनेछैन, जस्तो गाएको त्यस्तै पठाउनु पर्नेछ ।
६) प्रतियोगीको उमेर १५ देखि ३० वर्ष सम्मको हुनुपर्नेछ, १५ देखि तल र ३० भन्दा माथी मान्य हुने छैन् ।
७) गाइसकेपछी माथी उल्लेखित इमेल ठेगाना मा पठाउनुपर्ने छ ।
८) प्रतियोगिले आफ्नो प्रस्तुति आगामी असार ५ गते सम्ममा पठाइसक्नुपर्ने छ ।
९) बिदेशमा रहनुहुनेले पनि भाग लिन सक्नुहुनेछ नियम सबैको लागि माथी उल्लेखित लाई पालना गरि हाल कुन देश मा हुनुहुन्छ उल्लेख गर्नु पर्नेछ ।
१०) गीत रेकर्ड गरिसकेका ब्यक्तिले भाग लिन पाउने छैन् । पछि रेकर्ड गरिसकेको खुल्न आएमा प्रतियोगिताबाट नाम रद्द गरिनेछ ।
छनौट प्रक्रियाः
१) प्रतियोगीको सङ्ख्या अनुसार प्रतियोगीहरु बहिरिदै जानेछन ।
२) उत्कृष्ट २० देखि टेलिभिजनबाट प्रशारण गरिनेछ, टेलिभिजनको नाम प्रीअडिसन पछि तय गरिनेछ ।
३) प्रीअडिसन पछिको छनौट नेपालका ४ ख्यातिप्राप्त कलाकारबाट गरिनेछ जो कार्यक्रमका निणायक हुनेछन् ।
४) निर्णायकको नाम प्रीअडिसन पछि नै सार्वजनिक गरिनेछ ।
५) छनौटमा परेका प्रतियोगीलाई आयोजकले स्वयम सम्पर्क गर्नेछ ।
६) उत्कृष्ट २० देखि प्रतियोगीलाई काठमाडौ ल्याइनेछ र काठमाडौको बसाइको जिम्मा आयोजकको हुनेछ ।
७) प्रतियोगिहरुको नतिजा यसै फेसबुक पेजमा पनि सार्वजनिक गरिनेछ साथै विभिन्न मिडियाबाट पनि सार्बजनिक गरिनेछ ।
८) कार्यक्रममा प्रायोजनको सङ्ख्या बढ्दै गए पुरस्कार राशी पनि बढाइनेछ ।






