कोशी अस्पतालस्थित कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ६ जना निको भएर डिस्चार्ज

काठमाडौं,
वैशाख २४ ।

कोशी अस्पतालस्थित कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ६ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् । भारतमा लकडाउन भएको कारणले स्थानीय मदरसाको जिम्मा लगाएर ६ जनालाई डिस्चार्ज गरिएको कोशी अस्पतालले जनाएको छ ।

गत वैशाख ५ र ६ गते उदयपुरको त्रियुगास्थित भुल्केबाट ल्याइएका १३ मध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएका बिरामीलाई सामाजिक दुरी कायम गरी सेल्फ आइसोलेसनमा बस्नलाई अनुरोध गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार