नेपाल इन्जिनियरिङ कलेज द्वारा आफ्ना विद्यार्थीलाई राहत वितरण

काठमाडौं,
वैशाख २१ ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले आफ्ना विद्यार्थीलाई राहत वितरण गरेको छ । लकडाउनसँंगै समस्यामा परेका कलेज आसपासको चाँंगुनारायण नगरपालिका वडा नं. १, २, ३ र ४ वडाहरुमा डेरा गरी वस्ने ५५ जना विद्यार्थीलाई खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरिएको कलेजले जनाएको छ ।

स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, कलेज सञ्चालक समितिका पदाधिकारीहरुको संयुक्त पहलबाट ५५ जना विद्यार्थीलाई राहत सामाग्री वितरण गरिएको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताए । स्नातक तहको इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई दुई महिनासम्म पुग्ने खाद्य सामाग्री राहतस्वरुप हस्तान्तरण गरेको उनले जानकारी गराए ।

विद्यार्थीहरुको डेराडेरामा गई राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार