ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी

काठमाडौं,
वैशाख २० ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैङ्क लाइनमा आगलागी भएको हो ।

अगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारीको टोली, मेयर र स्थानीयवासी खटेका थिए । घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न निकै हम्मे परेका थियो ।

मानवीय र भौतिक क्षति कति भयो भन्ने बारेमा खोजी भइरहेको जनाइएको छ । सोही स्थानमा ५ वर्षअघि पनि भीषण आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए भने करोडौको क्षति भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार