राष्ट्रिय सङ्गीतकर्मी सङ्घले गर्‍यो अप्ठायारोमा परेकालाई राहत वितरण

काठमाडौं,
वैशाख १९ ।

कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ५८ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ । लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन् । लकडाउन लिम्बदै जादा बिहान साझको छाक टार्नै गार्‍हो भएको जस्ता समाचार आइरहदा विभिन्न सामाजिक सङ्घ/संस्थाहरुको पहलमा अप्ठायारोमा परेकालाई राहात पुर्‍याउने कार्य भइरहेका छन् । यस्तैमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घले राहत वितरण गर्दै आएको छ ।

सङ्घले कलाकारिता क्षेत्रमा आवद्ध ब्यक्तिहरु गायक, गायिका, चलचित्रकर्मी, प्राबिधिक, सङ्गीतकार, गीतकारका साथै दैनिक मजदुरी गर्ने चेपाङ समुदाय, दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुका साथै अन्य समस्यामा परेका बृद्दा असहाय साथमा कागज पत्र नभएका हिडेर वडा कार्यलयसम्म पुग्न नसकेका ब्यक्तिहरुका लागि निरन्तर चार हप्ता भन्दा बढी समय राहात अभियानमा जुटेको हो ।

गायक तथा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष राजेन्द्र कार्की बिपत ब्यबस्थापन समितिका सम्योजक तथा महासचिव बिक्रमजङ्ग शाहलगायत गायक गायिका साथै सङ्घका पधादिकारीहरु क्रमशः अमृत खाती, उमा श्रेष्ठ, नमराज ढुंगाना, श्याम धिताल, सिर्जु अधिकारी, राजकुमार हुमागाई, होम सुवेदी, मिलन श्रेष्ठ, सुमी श्रेष्ठलगायत सम्पुर्ण कार्यसमिती दैनिक तीन वटा समूह बनाएर राहत बितरणमा लागि परेको छ ।

अहिलेसम्म उपत्यकाको सूर्यबिनायक, ठिमी, लोकन्थली, काडाघारी, मुलपानी, टोखा, सरस्वती खेल, कौशलटार, कोटेश्वर, जडीबुटी, इमाडोल, सिनामंगल, मित्रपार्क, चाबहिल, जोरपाटी, नयाँबस्ती, गोठाटार, आरुबारी, धुम्बाराही, सामाखुसी, ग्रीन्ल्याण्ड, माछापोखरी, सोर्हखुट्टे, कालीमाटी, बल्खु, कंंलकी ढुङ्गेअड्डा लगायतका विभिन्न स्थानमा पुगी तीन हजार भन्दा धेरै ब्यक्तिहरुलाई अहिलेसम्म सहयोग गरेको सङ्घका अध्यक्ष राजेन्द्र कार्कीले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार