काठमाडौं,
वैशाख १८ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जनाएको छ ।
हाल पूर्वी भू-भागमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली भई अन्य बाँकी भू-भाग मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।
महाशाखाले आज देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ र असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । आज राति पनि देशका केही स्थानमा हल्का बदली भई पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।






