काठमाडौं,
वैशाख १७ ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सङ्ख्या ५७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार थप तीन जनामा पोजिटिभ देखिएको हो । ५०, ४६ र ३१ वर्षका तीन जना पुरुषमा देखिएको हो ।
तीनमध्ये दुई जना बारा र एक जना वीरगञ्जका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतका अनुसार उनीहरू तीनैजना भारतबाट आएको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५७ पुगेको छ जसमा १६ जना निको भएका छन् ।






