वैशाख २५सम्म ‘लकडाउन’ लम्ब्याउने सरकारको निर्णय

काठमाडौं,
वैशाख १४ ।

सरकारले वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । सरकारले पछिल्लोपटक थप गरेको समयावधि वैशाख १५ गते सोमबार सकिँदै थियो ।

पहिलो पल्ट उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार