थप ४ जना डिस्चार्ज, निको भएर घर फर्किनेको सङ्ख्या १६ पुग्यो

काठमाडौं,
वैशाख १४ ।

नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचाररत रौतहटका १९ वर्षीय युवासहित थप तीन जना डिस्चार्ज भएका छन् । सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले योसँगै कोरोना निको भएर घर फर्किनेको सङख्या १६ पुगेको जनाएका छन् । उनले भने ‘रौतहतका १९ वर्षका पुरुष कोरोना संक्रमण देखिएको १२ औँ दिनमा र भारतीय नागरिक ३ जना अन्य १५ दिनमा आज डिस्चार्ज भएका छन् ।

हाल धनगढीमा १ जना, वीरगञ्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना गरी ३५ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको पनि देवकोटाले जानकारी दिए ।

आज वीरगञ्जका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या ५१ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार