हालसम्म ४९ हजार ३३६ जनाको आरडीटी र पीसीआर विधिबाट परीक्षण

काठमाडौं,
वैशाख १३ ।

गत २४ घण्टामा कोरानाभाइरसको संक्रमणको आशङ्कामा एक हजार ९४५ जना नयाँ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म ४९ हजार ३३६ जनाको आरडीटी र पीसीआर विधिबाट सातै प्रदेशमा कोरोनाभाइरसको आशङ्कामा नमुना सङ्कलन गरेर परीक्षण गरिएको जानकारी दिए ।

‘हालसम्म कोरोनाभाइरसको आशङ्कामा आरडीटी विधिबाट ३९ हजार ६७० र पीसीआर विधिबाट ९ हजार ६६६ जना कोरोना परीक्षण गरिएको छ,’ उनले भने, ‘हालसम्म सातै प्रदेशका क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेका छन् ।’

यस्तै भरतपुर अस्पतालमा कोरोना संक्रमण देखिए उपचाररत एक पुरुषको दुबै परीक्षणमा कोरोना संक्रमण नदेखिएछि आज डिस्चार्ज भएको डा. देवकोटाले जानकारी दिए । ति पुरुष कोरोना संक्रमण देखिएका आठौँ दिनमा डिस्चार्ज भएका हुन् ।

देवकोटाले हालसम्म कोरोना संक्रमितको सङ्ख्या ४९ रहेको र १२ जना निको भएर घर फर्किइसकेको जनाए । उनले कोभिडको महामारीमा औलोको पनि प्रकोप बढ्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्‍न आग्रह गरे । धनगढीमा १ जना, वीरगन्जमा ५ , भरतपुरमा १ र विराटनगरमा ३० जना उपचाररत छन् । उपचारत सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार