काठमाडौं,
वैशाख १२ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म आरडीटीमा ३८ हजार ८९ जना र पिसिआर विधिबाट ९ हजार ४०७ जना गरी जम्मा ४७ हजार ४९६ जनाको कोरोना परीक्षण गरिएको जानकारी गराएका छन् ।
‘गत २४ घण्टामा तीन हजार ७९१ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको छ,’ उनले भने, ‘आज देशैभरका अस्पतालका आइसोलेसनमा काठमाडौ उपत्यकामा ३ जना र उत्यकका बाहिर ८६ गरी जम्मा ८९ जना रहेका छन् । ’त्यस्तै देशैभरका क्वारेन्टाइनमा १२ हजार ९८५ जना रहेका उनले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमितको सङ्ख्या ४८ जना रहेको छ र १० जना निको भएर घर फर्किएका छन् ।






