असिना र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं,
वैशाख १२ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको जनाएको छ । महाशाखाले देशमा पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो । यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली रहेको जनाएको छ ।

महाशाखाले मध्य र पूर्वी भू-भागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

त्यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भू-भागका थोरै स्थानमा र पश्चिमि भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार