पूर्वेली जुहारी गीत ‘चाईना भन्सार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख ११ ।

कुन्दन राई, रेमन पुवार मगर, कल्पना राई र बिमला गुरुङको संयुक्त स्वर रहेको पूर्वेली जुहारी गीत ‘चाईना भन्सार’ सार्वजनिक भएको छ । नरेश खड्काको शब्द, डिल्लीराम राईको सङ्गीत र कुन्दन राईको सङ्गीत संयोजन/मिक्सिङ रहेको नेपालको पूर्वमा प्रचलित संस्कृतिमा आधारित गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=A6HmASjdYPE&feature=youtu.be

गीतको भिडियोमा कुन्दन राई, रेमन पुवार मगर, कल्पना राई, बिमला गुरुङ, हर्क राई, खुसी चाम्लिङ राई, सन्तोष राई (ओमेगा), सुनिता कट्वालर रिचा काफ्ले र नरेश खड्काले अभिनय गरेका छन् । क्यामेराको साथमा ड्रोनबाट समेत सुमन तामाङले छायाँकन गरेको भिडियोको सम्पादन हेमन तामाङ र निर्देशन सन्तोष ओमेगाले गरेका हुन् । गीतको भिडियोमा पुर्वका विभिन्न रमणीय दृष्यहरु समावेश गरिएको छ । ओमेगा नेपालको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार