‘नमरी बाँचे भेटौंला साथी…’ भन्दै आए हरि लम्साल (भिडियोसहित)

काठमाडौं,
वैशाख ११ ।

कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ४७ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ ।

कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता/दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सङ्गीतकारको रुपमा ख्यातिप्राप्त हरि लम्सालको शब्द, सङ्गीत र स्वरमा ‘नमरी बाँचे भेटौंला साथी…’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो बनाउने काम कुशल सम्पादक बिरेन्द्र भाट ‘विपिन’ले गरेका छन् ।

गीतमा हरिले यो विश्वमा के यस्तो सङ्कट आई लाग्यो जसले गर्दा दिनानूदिन सङ्क्रमित र मर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको छ । बिकसित भन्दा बिकसित देशहरु पनि यसको मारमा परेका छन् यो महामारी यसरी नै बढ्दै गइरह्यो भने भोली के होला भन्ने चिन्ता ब्यक्त गरेका छन् ।

गण्डकी उसै गरी बगेता पनि, हावा उसै गरी वहेता पनि त्यही हावामा अहिले विष फैलिएर श्वास फेर्न समेत शङ्का लाग्छ आफ्ना आफ्नैसँग डराउन पर्ने, आफ्नै घर जेल जस्तो लाग्ने, मान्छे नै मान्छेका नजरमा सैतान जस्तो लाग्ने यो भयावह अबस्थामा पनि निराश नभै अझै आशा गरौं यो अँध्यारो एक दिन चिरिनेछ छ पहिले जस्तै हातमा हात समाउँदै नाच्न पाइनेछ भन्ने भाव समग्र गीतको छ ।

यसमा तपाइको मत

अन्य समाचार