काठमाडौं,
वैशाख १० ।
थप दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षका युवक र सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरका ४० वर्षका पुरुष निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






