काठमाडौं,
वैशाख १० ।
कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ४२ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ ।
कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता/दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सी. एल. शर्माको शब्द र सङ्गीत, तथा वीरेन्द्र जोहारी र माण्डवी त्रिपाठीको युगल स्वरमा रहेको गीत ‘धर्ती बचाउने कुरा गरौँ’ गीत सार्वजनिक भएको छ ।
कोरोना सम्बन्धि चेतना मुलक गीतमा एकता, मानवीयता र भाइचाराको सन्देश बोकेको छ । विपिन आचार्यको सङ्गीत संयोजन तथा भुवनेश जोहारीको छायाङ्कन, वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन र भिडियोको सम्पादनमा रहेको छ । यो गीतको भिडियो गायक वीरेन्द्रकै युट्युबबाट अपलोड गरिएको छ ।






