एकजना थप कोरोना संक्रमित फेला

काठमाडौं,
वैशाख ९ ।

एकजना थप कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणपछि एकजनामा कोरोना पुष्टि भएको हो । उनी उदयपुरका ३३ वर्षका नागरिक भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

उदयपुरमा अहिले ३२० जनाको पीसीआर विधिद्वारा परीक्षणका लागि स्वाब सङ्कलन भएको छ । उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना संक्रमण देखिएको आशङ्कापछि उनीहरुलाई एम्बुलेन्समा धरान लगिएको छ । योसँगै उदयपुरमा कोरोना संक्रमितको सङ्ख्या १४ जना पुगेको छ भने देशभर संक्रमितको सङ्ख्या ३२ पुगेको छ । संक्रमित मध्ये ४ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार