काठमाडौं,
वैशाख ८ ।
सत्तारुढ दल नेकपा भित्रको विवाद सतही भएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल ‘ट्वीटर’मा आफ्नो प्रतिकृया जनाउँदै उलने ‘बेमौसमी बजा’ भनेका छन् ।
कोरोना भाइरसले विश्वमै महामारी फैलाइरहेका बेला नेपालमा सत्तारुढ दलको विवाद र राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक सङ्ख्या घटाउने अध्यादेश ल्याउने मन्त्रीपरिषदको सोमबारको निर्णयलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् ।
उनले ‘ट्वीटर’मा लेखेका छन्ः-
‘बेमौसमी बाजा’ नबजाऔं !
संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो । नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन्/गौण रहनुपर्छ । हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ ।
जय नेपाल !






