रेखाको ‘सपना’ सार्वजनिक

काठमाडौं,
वैशाख ६ ।

सङ्गीतकार रेखा पौडेलको सङ्गीतमा रेकर्ड भएको गीत ‘सपना’ सार्वजनिक भएको छ । गोविन्द प्रसादउपाध्यायको शब्दरचना रहेको यस गीतमा महाराज थापाले सङ्गीत संयोजन गरेका छन् भने रमेश रेश्मीले स्वर दिएका छन् । सार्वजनिक गीत वियोगान्त भावमा रहेको छ ।

रेखा पौडेल नेपाली फिल्म क्षेत्रकी पहिलो महिला सङ्गीतकार हुन् । मित्रता सिने मूभि प्रा.लि.को ब्यानरमा निर्मित तथा स्वर्गीय शिवरेग्मीद्वारा निर्देशित ‘फूल’बाट उनले फिल्म सङ्गीत थालेकी हुन् ।

त्यसपछि उनले प्रदर्शनमा आइसकेका फिल्म ‘हमेसा’, ‘पीपल’, ‘चिहान’, ‘कोइला’लगायत सङ्गीत दिएकी थिइन् । उनले सङ्गीत गरेको ‘चर्खा’, ‘काले दाइ’लगायत केही फिल्म रिलिजमा आउन बाँकी छन् ।

०६४ मा ‘आकृति’ एल्बममार्फत सङ्गीत सिर्जनामा होमिएकी पौडेलले करिब आधादर्जन सोलो एल्बम र एकसय भन्दा बढी फुटकर गीतमा सङ्गीत भरेकी छन् । चितवन भण्डारा स्थायी घर भएकी उनी एल्बम र फिल्म सङ्गीतको अलवा काठमाडौँका केही निजी विद्यालयमासमेत सङ्गीत समेत सिकाउँछिन् ।

यसमा तपाइको मत

अन्य समाचार