घर फर्किइन् दोस्रो संक्रमित

काठमाडौं,
वैशाख ६ ।

नेपालकी दोस्रो कोरोना संक्रमितको पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ कोभिड १९ संक्रमणलाई जितेर आज घर फर्किएकी हुन् । उनमा गत चैत्र १० गते कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएकी उनको कोरोना रिर्पोट नेगेटिभ भएसँगै आज शनिबार डिस्चार्ज भएकी हुन् । कोरोनाको उपचार पछि घर फर्किएकी उनी चैत ४ गते फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएकी थिइन् ।

उनीसँगै कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अन्य दुई जना नेपालीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुको हाल धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पहिलो कोरोना संक्रमित ३२ वर्षका पुरुष गत माघमै निको भएर घर फर्किइसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार