पिसिआर तथा आरडिटी विधिबाट हालसम्म नेपालभर १९ हजार ४ सय ३२ जनाको परीक्षण

काठमाडौं,
वैशाख ४ ।

हालसम्म नेपालभर १९ हजार ४ सय ३२ जनाको पिसिआर तथा आरडिटी विधिबाट परीक्षण भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर हालसम्म पिसिआरबाट ७ हजार २ सय ४० वटा नमुना परीक्षण भएको छ भने आरडिटीबाट १२ हजार १ सय ९२ जनाको परीक्षण भएको जनाएको हो ।

अहिले देशका आठ जिल्लाबाहेक अन्य सबै जिल्लामा आरडिटी परीक्षण सुरु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘आरडिटीमा केही जिल्लामा पोजेटिभ आएका थिए, ती सबैको नेगेटिभ आएको छ । अहिलेसम्म संक्रमितको सङ्ख्या १६ नै रहेको छ, एकजना निको भइसक्नु भएको छ ।’ १५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

यसमा तपाइको मत

अन्य समाचार