र्‍यापिड टेस्ट किट र पीसीआरबाट हालसम्म १५ हजार ८ सय जनाको नमुना संकलन गरी परीक्षण

काठमाडौं,
वैशाख ३ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर र्‍यापिड टेस्ट किट र पीसीआरबाट हालसम्म १५ हजार ८ सय जनाको कोरोना भाइरसको संक्रमण आशंकामा नमुना संकलन गरेर परीक्षण गरिएको जनाएको छ । मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशैभर र्‍यापिड टेस्ट किट र पीसीआरबाट १५ हजार ८ सय जनाको परीक्षण गरिएको बताएका हुन् ।

‘आजसम्म देशैभर र्‍यापिड टेस्ट किट र पीसीआरबाट १५ हजार ८ सय जनाको कोरोना भाइरसको संक्रमण आशंकामा नमुना संकलन गरेर परीक्षण गरिएको छ,’ उनले भने, ‘गत २४ घण्टामा दुई हजार ८९४ जनामा नमुना परीक्षण गरिएको छ ।’ आज देशैभरका क्वारेन्टाइनमा पाँच हजार ६१४ जना रहेका उनले जानकारी दिए ।

त्यसैगरी, आजसम्म देशैभरका १४ जिल्ला बाहेका अन्य सबै जिल्लामा र्‍यापिड टेस्ट किटबाट कोरोना भाइरसको आशंका गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै डा. देवकोटाले हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको जसमा एक जना निको भइसकेका र अन्य १५ जना अस्पतालमा उपचाररत रहेको र ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराए । उनले आज देशैभरका अस्पतालको आइसोलेसनमा ११७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकाभित्र ११ जना र बाहिर १०६ जना उपचाररत रहेको जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार