काठमाडौं,
वैशाख ३ ।
मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले बुधबार बिहान देशको मध्य र पूर्वका अधिकांश भू-भागमा र पश्चिमीका केही भू-भाग पू्र्ण बदली भई थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षा भइरहेको र बाँकी भू-भागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।
पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने देशको मध्य र पूर्वका केही स्थानहरु र पश्चिमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।






