काठमाडौं,
वैशाख १ ।
विक्रम संवतको नयाँ वर्ष २०७७ शुरु भएको छ । ज्योतिषी दीपक सुवेदीले विक्रम संवतको वैज्ञानिक महत्त्वको बारेमा प्रकाश पारेका छन् । सुवेदीले आफूले चलाउने फोरकास्ट टेलिभिजन नामको युट्युब च्यानलमार्फत सो कुरा बताएका हुन् । सरकारी कामकाजमा विक्रम संवतको प्रयोग नेपालले मात्रै गर्दै आएको र यसको बारेमा नेपालमा पनि विकल्पको रूपमा ई.सं.लाई अप्नाउनु पर्छ भन्ने आवाज उठ्दै नआएको होइन ।
यसै सन्दर्भमा ज्यो. सुवेदीले यसको वैज्ञानिकता छर्लङ्ग्याएका छन् । उनका अनुसार विक्रम संवतजस्तो वैज्ञानिक सम्वत अरु छदैछैन । के हो त विक्रम संवतको त्यस्तो वैज्ञानिकता र महत्त्व ज्यो. सुवेदीले दिएको अभिव्यक्ति तलको भिडियोमा जस्ताको तस्तै हेर्नसक्नु हुन्छ : –






