थप ३ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १२

काठमाडौं,
चैत ३० ।

नेपालमा थप तीन जना कोरोना सङ्क्रमित फेला परेका छन् । पर्साको वीरगञ्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना पुष्टी भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । प्रयोगशालाका अनुसार टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशाला पठाइएको थियो ।

सङ्क्रमित तीनसहित नेपाल आएका २४ भारतीय नागरिक र केही नेपालीको नमुना सङ्कलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । नेपाल भारतमा जारी लकडाउनकाबीच सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु १३ दिनदेखि वीरगञ्जमै बस्दै आएका थिए ।

यस अघि नेपालमा ९ जना कोरोना सङ्क्रमित फेला परेका थिए । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् भने अन्य ८ को विभिन्न अस्पतालमा उपचार भइरसको छ । आज तीन जना सङ्क्रमित फेला परेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार