काठमाडौं,
चैत २७ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको राजनीतिकरण अन्त्य गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले चीनको पक्षमा काम गरेको आरोप लगाएपछि डब्ल्युएचओ प्रमुखले यस्तो आग्रह गरेका हुन् । टेड्रोसले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राखेर महामारीविरुद्ध एक हुन अपिल समेत गरे ।
डब्ल्युएचओले संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै ट्रम्पले अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका थिए । ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी फैलनुमा डब्लुएचओले आफूलाई दिएको गलत सूचना कारक रहेको आरोप समेत लगाएका थिए ।अमेरिकामा अहिले विश्वमै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् भने १४ हजार बढीको मृत्यु भैसकेको छ । एजेन्सी ।






