काठमाडौं,
चैत २५ ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमा जारी गर्दै हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानएको छ । महाशाखाले हालको मौसमको बारेमा जानकारी दिँदै अहिले देशभर मौसम सामान्यतया सफा रहेको जनाएको हो ।
महाशाखाले गरेको पूर्वानुमानमा आज दिउँसो देशका पहाडी भू-भागमा अपरान्हपछि आंशिक बदली भई एक/दुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसैगरी, देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । मंगलबार राति भने देशका पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने जनाइएको छ ।






