अमेरिकन आइडलको शीर्ष २० मा दिवेश (भिडियोसहित)

काठमाडौं,
चैत २४ ।

दिवेश पोखरेल चर्चित सिङ्गीङ रियालीटी शो, अमेरिकन आइडलको शीर्ष २० मा पुग्न सफल भएका छन् । आफ्नो प्रस्तुति मार्फत जजहरुको मन जित्दै आएका उनी शीर्ष २० मा पुग्न सफल भएका हुन् । उनको प्रस्तुतिले ‘स्ट्यान्डिङ अवेसन’ पाइरहदा उनको स्वभावदेखि गायन कला सबै आफूहरुलाई अत्यन्तै मन परेको भन्दै जजहरुले पुनः उनको तारिफ गरेका छन् ।

अमेरिकन आइडलको शीर्ष २० छनोटमा निर्णायकको भूमिका निकै चुनौतीमय भए पनि दिवेशलाई अगाडि लैजाने निर्णय चाहिँ आफूहरुका लागि सबैभन्दा सजिलो भएको उनीहरुले बताए ।

https://www.youtube.com/watch?v=46P8QcMq2QQ&feature=emb_logo

स्टेजमा ‘आर्थर गन’ को नामले प्रस्तुति दिने गरेका दिवेशले यसपटक लेजेन्डरी गायक बब मार्लीको गीत गाएका हुन् जहाँ उनको पूरै परिवार पनि उपस्थित थियो । जजहरुले यसअघिको प्रस्तुतिमै उनमा बब मार्लीको झलक देखा पर्ने बताएका थिए ।

दिवेशले भने आफू यति ठूलो प्लेटफर्ममा यहाँसम्म आइपुग्ने अपेक्षा नगरेको बताएका थिए । उनले अमेरिकन आइडलको यात्रा अत्यन्तै उत्साहजनक र लामो भएको समेत बताए । नेपालदेखि अमेरिकासम्म आउँदा म्युजिकको करिअर अगाडि बढाइरहनु वास्तवमै धेरै हिम्मतको कुरा भएको भन्दै शो का होस्टले पनि उनको प्रशंसा गरेका छन् । (एजेन्सी)

यसमा तपाइको मत

अन्य समाचार